माडी नगरपालिका वडा नं २ भैरवपुरमा त्यस क्षेत्रका बुद्धिजिवी समाजसेवी र अगुवा कृषकहरुको सक्रियतामा महादेव भुर्तेलको अध्यक्षतामा २०५९ सालमा स्थापना भएको यस भैरवी दुग्ध उत्पादक सहकारी संस्थाले आपm्नो स्थापनाको केही समयमा माडी क्षेत्रको भैगोलिक अवस्थाका कारणले सदरमुकाम भरतपुरसम्म आवत जावत गर्न यातायातको असुविधा र दुध जस्तो संवेदनशिल कच्चा पदार्थको ढुवानीमा लाग्ने समय लामो हुने र विग्रिने सम्भावना वढी हुने हुदा सुचारु रुपले संचालन हुन सकेन । २०६२ सालमा सीताराम गोकुलको पटिहानी संकलन केन्द्र जनज्योती च केन्द्रको नामवाट २०६२ फागुन ४ गते ३० लिटर दुध बाट काम शुरु गरि यस क्षेत्रका पशुपालक किसानहरुलाइ बरुवामा दुग्ध संकलन गर्ने र किसानले जनज्योतिलाइ प्रति लिटरको रु २ रुपैया ढुवानी वापत दिने शर्तमा शुरु गरिएको यस संस्थाले कृषकहरुलाइ पशुपालन व्यवसायमा उत्साहित गराउने उदेश्यका साथ भैरवी दुग्ध उत्पादक सहकारी संस्थाले २०६४ सालमा सामुहिक गाई फर्म स्थापना गरी सुरुमा १८ वटा गाईवाट सुरु गरि दुग्ध उत्पादन कार्य सुरु गरियो । थप….
ताजा समाचार तथा सुचनाहरू
गौरवको आयोजनाः खोरेत मुक्त सेतो माडी परियोजना – संक्षिप्त जानकारी
१. हालको अवस्था:
- २०६३ साल देखि हाल दैनिक ४,५०० लिटर दूध संकलन गरी डिडिसीलाई बिक्री गर्दै आएको, तर ढिलो भुक्तानी र बजार अभावका कारण कृषकले उचित मूल्य नपाएका।
- खोरेत रोगका कारण विदेश निर्यात असम्भव, जसले दूध बजारमा असन्तुलन सिर्जना गरेको।
२. परियोजनाको सोच:
- १०,००० लिटर दूध संकलन, प्रशोधन, प्याकेजिङ र बिक्री गर्ने लक्ष्य।
- पास्चराइज दूध, दही, घिउ, पनिर, खुवा, लस्सी, मोहि उत्पादन।
- खोरेत रोग नियन्त्रणका लागि खोप कार्यक्रम र जैविक सुरक्षा अपनाउने।
- कृषकलाई सहकारीमार्फत प्रत्यक्ष भुक्तानी।
३. उत्पादन प्रक्रिया:
- दूध संकलन → पास्चराइजेसन → विविधिकरण → प्याकेजिङ → बजार आपूर्ति।
- आधुनिक उपकरण प्रयोग गर्दै खोरेत रोग नियन्त्रणमा पशुचिकित्सा सेवाको सहकार्य।
४. लक्षित कृषक आबद्धता:
- हाल ५०० कृषक, परियोजनापछि १,०००+ कृषक लाभान्वित हुने।
- स्थानीय युवालाई स्वरोजगार, माडीको उत्पादन दोब्बर गर्ने।
५. बजारिकरण:
- काठमाडौं, पोखरा, नारायणगढ, हेटौंडा, वीरगञ्ज, बुटवल लगायतका मुख्य शहरहरूमा वितरण।
- माडीमै खपत विस्तार। खोरेत मुक्त पछि अन्तराष्ट्रिय बजारमा दुध र मासु जन्य परिकारको निर्यात गर्न सकिने ।
६. कुल लागत अनुमान:
- पूर्वाधार, मेसिनरी सहित रु. ४.२० करोड। पालिका र सहकारीले पनि लगानी गर्ने।
७. आम्दानी अपेक्षा:
- वार्षिक रु. १२-१५ करोड कारोबार।
- कृषकको आय वृद्धिसँगै सहकारी मुनाफा र लाभांश वितरण।
८. युवा रोजगारी तथा दीगो विकास:
- ५०+ प्रत्यक्ष, ३००+ अप्रत्यक्ष रोजगारी।
- स्थानीयस्तरमै अवसर सिर्जना, खोरेत रोग नियन्त्रणसहित दीगो दुग्ध उत्पादन।
कार्यसमिति नामावली





